नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निशा अधिकारीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। भर्खरै निर्वाचन आयोगमा दर्ता भएको 'गतिशील लोकतान्त्रिक पार्टी' बाट उनले मंगलबार आफ्नो मनोनयन दर्ता गराएकी हुन्।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउँदै अधिकारीले अबको एक दशक देशको सेवा र राजनीतिमा समर्पित गर्ने घोषणा गरिन्। बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईंलगायतको पहलमा गठित यस पार्टीमा अधिकारी केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीमा छिन्।
— Nepalkhabar (@nepalkhabar) January 20, 2026हिरोइन निसा अधिकारी काठमाडौं-५ बाट उम्मेदवार बनिन् pic.twitter.com/ZPN110tp4k
धेरैलाई निशाको यो निर्णय आकस्मिक लागे पनि उनको शैक्षिक पृष्ठभूमि राजनीतिसँगै जोडिएको छ। उनले राजनीति शास्त्रमा एमए गरेकी छिन्। 'कन्फ्लिक्ट, पीस एन्ड डेभलपमेन्ट' (सीपीडी) विषयमा एमफिल शोध गरिरहेकी छिन्। काठमाडौं-५ नेपाली कांग्रेसको तर्फबाट महामन्त्री प्रदीप पैडेल तथा एमालेका ईश्वर पोखरेल उम्मेदवार छन्।
अधिकारीले काठमाडौं-५ को 'हाइ-प्रोफाइल' प्रतिस्पर्धालाई थप रोचक बनाएकी छिन्।
Shares

प्रतिक्रिया