पूर्व सांसद किरणकुमार साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि रास्वपाले साहलाई रौतहट–२ बाट उम्मेदवार बनाउने तय भएको थियो। अन्तिममा टिकट नपाएपछि उनी नेकपाबाट उम्मेदवार बनेका हुन्।
मंगलबार बिहान एकाएक राजनीतिक समीकरण फेरिएपछि उनले नेकपाबाट टिकटमा उम्मेदवारी दर्ता गराएका छन्।
1.7k
Shares

प्रतिक्रिया