नेपाली कांग्रेसको तर्फबाट कास्की १ का लागि तिलकबहादुर रानाभाटले उम्मेदवारी दर्ता गराउन लागेका छन्।
कांग्रेस महासमिति सदस्य रानाभाटलाई कांग्रेसको नयाँ नेतृत्वले कास्की १ को टिकट थमाएको हो। कास्की १ पुर्वसभामुख तारानाथ रानाभाट र पुर्वमन्त्री यज्ञबहादुर थापाको विरासत बोकेको क्षेत्र हो।
सो क्षेत्रमा कांग्रेसले कहिले जीत र कहिले हार भोग्दै आएको छ। तिलक बेदाग नेता हुन्।
यद्यपि ,उनलाई जनस्तरमा नभिजेको नेताको रुपमा लिइन्छ। सो क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य कृष्ण केसी मुख्य दाबेदार थिए तर सन्तुलन मिलाउन सभापति गगनले उनलाई अगाडि सारे।
कांग्रेसले कास्की २ मा माधव बास्तोला ‘मधु’ र ३ बाट मनोज गुरुङलाई उम्मेदवार बनाएको छ।
195
Shares

प्रतिक्रिया