राजनीति


गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न सरकारले बनायो न्यायिक समिति, संयोजकमा बास्तोला

गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न सरकारले बनायो न्यायिक समिति, संयोजकमा बास्तोला

नेपालखबर
साउन ६, २०८३ बुधबार १६:३७, काठमाडौँ

गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न सरकारले न्यायिक समिति गठन गरेको छ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य छन्।

बैठकले समितिलाई सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ।

मुगुको सोरु गाउँपालिका–१ का नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारको क्रममा निधन भएको थियो।

उनको मृत्युपछि नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।

सोहीअनुसार सरकारले समिति गठन गरेको हो।

असार २५ गते काठमाडौँ त्रिपुरेश्वरमा महानगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। 

गम्भीर घाइते भएका उनको भोलिपल्ट बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad