नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई उम्मेदवार नबनाएको भन्दै कञ्चनपुर–३ का कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका छन्।
कञ्चनपुर-३ का नेता कार्यकर्ताले मंगलबार दिउँसो सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माविरूद्ध नाराबाजी र पुतला दहन गरेका हुन्।
यो क्षेत्रबाट २०५६, २०७० र २०७९ सालमा निर्वाचित लेखक अहिले पनि टिकटका आकांक्षी थिए। कांग्रेस संसदीय बोर्डले कञ्चनपुर-३ मा पूर्व जिल्ला सभापति हरि बोहरालाई उम्मेदवार बनाएको छ।
474
Shares

प्रतिक्रिया