नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार श्रेष्ठले सर्लाही–३ को हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्ताका लागि श्रेष्ठ जुलससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। सर्लाही ३ मा यसअघिको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई पराजित गर्दै एमालेका हरि उप्रेती विजयी भएका थिए।
यस पटकको निर्वाचनमा साहले नेकपा छाडेर रास्वपाबाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।
27
Shares

प्रतिक्रिया