राजनीति


कांग्रेस सभापतिमा गगनलाई मान्यता दिने निर्णय विरुद्धको मुद्दामा बहस सकियो

कांग्रेस सभापतिमा गगनलाई मान्यता दिने निर्णय विरुद्धको मुद्दामा बहस सकियो

नेपालखबर
माघ ६, २०८२ मंगलबार १४:१२, काठमाडौँ

नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ। 

मंगलबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा बहस भएको हो। रिट निवेदकको तर्फबाट पूर्व महान्यायाधिवक्ताद्वय खम्मबहादुर खाती र रमेश वडालले बहस गरेका छन्। 

कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। 

त्यसका विरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेबरहादुर देउवाले माघ ४ मा सर्वोच्च रिट दायर गरेका थिए। त्यसमा निर्वाचन आयोगसँगै कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ। 

रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको छ। त्यस्तै, अहिले चलिरहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्न माग गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad