राजनीति


विद्या श्रेष्ठले मकवानपुर-१ मा दिइन् उम्मेदवारी

विद्या श्रेष्ठले मकवानपुर-१ मा दिइन् उम्मेदवारी

नेपालखबर
माघ ६, २०८२ मंगलबार ११:३४, हेटौँडा

प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुर-१ बाट विद्या श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छिन्। 

श्रम संस्कृति पार्टीबाट श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी हुन्। प्रविनकुमार रजक समर्थक र ममता प्रधानको प्रस्तावमा श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी हुन्।

हेटौँडा सडक विस्तारलाई लिएर उज्यालो नेपाल पार्टी छोडेकी श्रेष्ठले हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी हुन्।

यस्तै सोही दलबाट मकवानपुर– २ मा युनिस लामाले उम्मेद्वारी दर्ता गरेका छन्। प्रस्तावक रुद्रबहादुर मुक्तान र  शिवबहादुर केसीको समर्थक उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad