नेपाली कांग्रेसले कञ्चनपुर-३ को टिकट पूर्व जिल्ला सभापति हरिबहादुर बोहरालाई दिएको छ।
पूर्वगृहमन्त्री रमेश लेखकको क्षेत्रमा सभापति गगन थापाले बोहरालाई उम्मेदवार बनाएका हुन्। लेखक निकट बोहरा कञ्चनपुर- २ का बासिन्दा हुन्। यद्यपि, बोहरा लेखकको सिफारिसमा उम्मेदवार बनेका होइनन्।
लेखकले नेपालखबरसँग भने, ‘म चुनाव लड्ने तयारीमा थिएँ। मलाई कुनै खबर गरिएन। हरि बोहराजीले टिकट पाउनु भएको भन्ने मैले पनि सुनेँ। मेरो सिफारिस होइन।’
कञ्चनपुर- २ का पूर्वमन्त्री एनपी साउद उम्मेदवार बनेका छन् भने कांग्रेसले कञ्चनपुर- १ मा गोपी उपाध्यायलाई उम्मेदवार बनाएको छ।
834
Shares

प्रतिक्रिया