सिन्धु विकास बैंकले गणेश कुमार केसीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मा दिएको छ।
बैंकको ५ गते बसेको सञ्चालक समिति बैठकले केसीलाई कामु सीईओ नियुक्त गरेको हो।
उनी बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका छन्। माघ १ देखि लागू हुने गरी केसीले कामुको जिम्मेवारी पाएका हुन्।
अर्को व्यवस्था नभएसम्म उनले जिम्मेवारी निर्वाह गर्ने कम्पनी सचिव पुस्कर जिसीले जानकारी दिए।
27
Shares

प्रतिक्रिया