नेपाली कांग्रेसले मोरङका छवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेस संसदीय बोर्डले मोरङमा नेता शेखर कोइला, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, सुनिल शर्मा, खड्ग फागो र फुलकुमार लालबानीलाई चुनाव लड्न टिकट दिएको हो।
जसअनुसार मोरङ १ मा फागो, मोरङ २ मा रिजाल, मोरङ ३ मा शर्मा, मोरङ ४ मा घिमिरे, मोरङ ५ मा लालवानी र मोरङ ६ मा कोइराला उम्मेदवार बनेका छन्।
कोइराला कांग्रेसका वरिष्ठ नेता हुन् भने फागो कांग्रेस कोसी प्रदेश सहमहामन्त्री हुन्।
मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बूको क्षेत्रमा फागोले टिकट हात पारेका छन्।
२०७९ को चुनावमा सुजाता कोइराला चुनाव लडेको मोरङ-२ मा फेरि मिनेन्द्र रिजालले टिकट पाएका छन्।
उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।
315
Shares

प्रतिक्रिया