प्रतिनिधि सभा निर्वाचन लड्न सोमबार मात्र सञ्चार तथा सूचना प्रविधिममन्त्री पदबाट राजीनामा दिएका जगदीश खरेल आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै छन्।
स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार खरेल अहिले बिहान ११ बजे रास्वपामा प्रवेश गर्ने कार्यक्रम छ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउँदै खरेलले भनेका थिए, ‘वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु। यो राजीनामा स्वीकार गरिदिनहुन सम्मानीय प्रधानमन्त्रीज्यूसमक्ष सविनय अनुरोध गर्दछु।’
उनले अब देश र जनताका लागि राजनीतिमा सक्रिय हुने बताएका थिए।
‘अब मेरो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने अटल प्रतिबद्धता व्यक्त गर्दछु,’ खरेलले भनेका छन्।
आगामी प्रतिनिधि सभाको चुनावका लागि राजीनामा दिने उनी तेस्रा मन्त्री हुन्। यसअघि कार्की सरकारमा सहभागी बब्लु गुप्ता र कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिएका थिए।
यसैबिच चुनाव लड्न आज अर्का मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन्।
Shares

प्रतिक्रिया