नेपाली कम्युनिस्ट पार्टीले ललितपुर-३ मा राजकाजी महर्जनलाई उम्मेदवार बनाएको छ।
सोमबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले महर्जनलाई टिकट दिएका हुन्।
उनी ललितपुरको सुनाकोठीका हुन्। यसअघि २०७९ यो क्षेत्रबाट माओवादीकी पम्फा भुसालले चुनाव लड्दै आएकी थिइन्।
तर, उनी २०७९ को चुनावमा पराजित भएकी थिइन्। यसपटक भने उनले चुनाव नलड्ने घोषणा गरेकी थिइन्।
महर्जन २०६४ सालमा भएको पहिलो संविधान सभा चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी २०७४ र २०७९ को चुनावमा प्रदेश झरेका थिए।
ललितपुर-१ मा भने सुनील महर्जनले टिकट पाएका छन्।
42
Shares

प्रतिक्रिया