राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आज सबै क्षेत्रको उम्मेद्वार टुंग्याउने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै लिङदेनले सबै निर्वाचन क्षेत्रका उम्मेद्वार टुंग्याएर सार्वजानिक गर्ने बताएका हुन्। देश निर्वाचनतर्फ अगाडि बढेको बताउँदै उनले भने, ‘मुलुक अब जबरजस्त चुनावतर्फ अगाडि सरिसकेको छ। यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै आफ्ना उम्मेद्वारहरूको पूर्ण सूची केही समयपछि सार्वजानिक गर्नेगरि टुंगो लगाउँदै छ।’
निर्वाचनको लागि राप्रपा पूर्ण तयारी भएको उनले बताए। आगामी निर्वाचनलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने उनको भनाइ थियो।
‘हामी पनि चुनावमा तयारी भएर अगाडी आएका छौँ। प्रजातान्त्रिक पार्टी भएको नाताले चुनावमा सहभागी हुने, सहभागी हुने मात्रै होइन, चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने निष्कर्षमा पुगेर हामीले चुनावको प्रारम्भ शुरु गरिसकेका छौँ,’ उनले भने।
आगामी निर्वाचन नेतृत्व परिवर्तनको मात्रै नभई व्यवस्था परिवर्तनको लागि सदुपयोय गर्नुपर्नेमा उनले जोड दिए।
Shares

प्रतिक्रिया