नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवार उठाउने जस्ता हल्ला निराधार भएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न पनि नसकिने बताएका छन्।
आज (आइतबार) मात्रै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाविरुद्ध सर्वोच्च अदालत गएका खड्काले अदालतले निर्णय आफूहरूलाई मान्य हुने स्पष्ट पारेका छन्।
उनले लेखेका छन्,
निर्वाचन आयोगको निर्णयका विरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि २०८२ माघ ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्वसम्मत निर्णय अनुसार सबैको तर्फबाट न्याय पाउने विश्वासका साथ आज हामी सर्वोच्च अदालत गएका हौँ। सर्वोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ। रुख चुनाव चिह्न बाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिन।
नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उमेदवारको रुपमा उठ्छन्, जस्ता बजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम मतदाताहरूमा हार्दिक अनुरोध र अपील गर्दछु।
Shares

प्रतिक्रिया