राजनीति


समानुपातिकको बन्दसूची प्रकाशित, ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार

समानुपातिकको बन्दसूची प्रकाशित, ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार

नेपालखबर
माघ ४, २०८२ आइतबार २१:३०, काठमाडौँ

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसूची आयोगले आज सार्वजनिक गरी आयोगको वेवसाइटमा प्रकाशन गरेको हो।

सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३२१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ।

उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ ५ देखि १० गतेसम्म निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा निर्देशिका बमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad