राजनीति


बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने

बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने

नेपालखबर
माघ ४, २०८२ आइतबार १९:१४, काठमाडौँ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा चुनावमा गोरखा-२ बाट चुनाव लड्ने भएका छन्। 

गोरखाबासीको भरोसा पुनर्निर्माण गर्न भन्दै चुनाव लड्ने निर्णयमा पुगेको भट्टराईको सचिवालयले बताएको छ। ‘२०७९ का केही कठिन निर्णयले कतिपय मन दुखेका थिए, प्रश्न र पीडा स्वाभाविक थिए,’ उनले सचिवालयले भनेको छ, ‘तर समयसँगै एउटा सत्य अझ प्रस्ट बन्दै गयो–गोरखाले डा. बाबुराम भट्टराईलाई कहिल्यै छोडेको थिएन र उहाँले पनि। त्यसैले गोरखाबासीको सच्चा भावना, निस्वार्थ दबाब र ऐतिहासिक सम्बन्धको सम्मान गर्दै गोरखाबासीको भरोसा पुनर्निर्माण गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्ततः गोरखा-२ बाट चुनाव लड्ने निर्णय गर्नुभएको छ।’

उनले २०७९ चुनावमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि क्षेत्र छोडिदिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad