ad ad

राजनीति


नेकपा स्थायी समितिको यस्तो तयारी : दुई अध्यक्षबीच दुई मिटर दूरी

नेकपा स्थायी समितिको यस्तो तयारी : दुई अध्यक्षबीच दुई मिटर दूरी

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १३:१४,

बिहीबारदेखि सुरु गर्ने भनिएको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका लागि पार्टीका दुईअध्यक्षको कुर्सीबीच दुई मिटरको दुरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ।

स्थायी समितिका अन्य सदस्यहरुबीच भने एक मिटर दुरी रहने गरी सिट व्यवस्थापन गरिएको छ। कोरोना संक्रमणको जोखिमकै बीच ४४-सदस्यीय स्थायी समिति बैठक गर्न लागेका कारण यस्तो व्यवस्था गरिएको हो। पार्टीका प्रमुख नेताहरु सम्मिलित सचिवालय बैठक पनि दूरी कायम गरी नियमित रुपमा बस्ने गरेकाे छ।

धुम्बाराहीस्थित नेकपाको बैठकहलमा हुने स्थायी समिति बैठकका लागि कुर्सीदेखि अन्य सबै तयारी बुधबार सकिएको छ।

‘दुई अध्यक्षबीचमा दुई मिटर दुरी कायम गरिएको छ भने अरु बस्ने कुर्सीबीच एक मिटर दुरी कायम गरेर कुर्सीहरु मिलाइएको छ।’

ncp meet preparation

नेकपाको स्थायी समितिको बैठक विहिबार विहान ११ बजेको लागि तय भएको थियो। सोहिअनुसार पार्टीको केन्द्रीय कार्यालयले सो व्यवस्था मिलाएको हो।

तर, बुधबार अपरान्ह बसेको सचिवालय बैठकमा स्थायी समितिका एजेण्डबारे नेताहरुबीच सहमति हुन नसकेपछि बैठक हुने–नहुने नै अनिश्चित भएको छ।

सचिवालय बैठक चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली बीचमै उठेर हिडेपछि स्थायी समितिको एजेण्डा तय गर्न बसेको बैठक निष्कर्षविहिन भएको थियो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .