काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम लिइएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ४.७ डिग्री छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको भन्दा थोरै घट्ने सम्भावना हुन्छ।
हिजो शनिबार काठमाडौँको न्यूनतम तापक्रम सुरुवाती मापनमा ४.९ थियो भने बिहान ८:४५ बजे घटेर ४.३ डिग्री सेल्सियस कायम भएको थियो।
माघ लागेयता काठमाडौँमा तापक्रम बढ्दो छ।
गत पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ १ गते ३.६ डिग्री सेल्सियसमा उक्लिएको थियो।
त्यसपछि माघ २ गते काठमाडौँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा चढेको थियो भने ३ गते थप बढेर ४.३ डिग्री सेल्सियस पुगेको छ।
अब आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे आउनेछ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
शनिबार यस्तो थियो तापक्रम सूची-

Shares

प्रतिक्रिया