नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दा मामिला गर्ने अख्तियारी पूर्णबहादुर खड्कालाई दिने निर्णय गरेको छ।
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्य समितिको बैठकले खड्कालाई अख्तियारी दिने निर्णय गरेको हो।
‘२०८२ माघ २ गते निर्वाचन आयोगले नेपालको संविधान, प्रचलित कानून र नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानूनी काम कार्वाही गर्नका लागि कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ।
खड्का नेपाली कांग्रेसका कार्यवाहक सभापति थिए।
यस्ता छन् निर्णयः
639
Shares

प्रतिक्रिया