राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलि (माघ ४ गते) देखि सुरु हुँदैछ।
बैठक सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको छ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रियसभाको माघ महिनाको कार्यतालिका पनि स्वीकृत गरेको छ।
नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन गर्न लागिएको हो।
राष्ट्रिय सभाको १९औँ अधिवेशनको सञ्चालनका लागि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार पनि कार्यव्यवस्था परामर्श समितिको बैठक गरेका थिए।
आइतबार बिहान ११ बजे राष्ट्रियसभाको पहिलो बैठक बस्दैछ।
हेर्नुहोस् माघ महिनाको कार्यतालिका

114
Shares

प्रतिक्रिया