नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षधर नेता कन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपामा भेला भइरहँदा नेता शेखर काेइराला समूह भने छुट्टै छलफलमा जुटेकाे छ।
शेखर पक्षका नेता बलबहादुर केसीले आफूहरू अहिले छलफल रहेको जानकारी नेपालखबरलाई दिए। यद्यपि उनले ठाउँ खुलाएनन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सडक आन्दोलन गर्ने र अदालत गुहार्ने तयारीमा लागेको छ।
यस क्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा अहिले ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको हो।
उता वैधानिकता प्राप्त गगन थापा नेतृत्वको कांग्रेसले पनि आजै नयाँ बानेश्वरमा केन्द्रीय कार्यसमितिको बैठक राख्दै छ।
Shares

प्रतिक्रिया