शेरबहादुर देउवा पक्षले बोलाएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन अहिले ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेताहरू भेला भइरहेका छन्।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले आधिकारिकता दिइसकेको भए पनि देउवा पक्षले आफैँलाई पार्टी दाबी गर्दै बैठक राखेको हो।
देउवापक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आजका लागि हिजै शुक्रबार बैठक बोलाएका थिए।
गगन पक्षले पार्टीको मान्यता पाएपछि देउवा समूहले आन्दोलन गर्ने तथा अदालत गुहार्ने निर्णय गरेको छ।
तस्बिरमा हेर्नुहोस् सानेपामा देउवापक्षीय कांग्रेस नेताहरूको चहलहल









441
Shares

प्रतिक्रिया