नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचन आयोगबाट नेपाली कांग्रेसको आधिकारिकता प्राप्त गर्न सफल भएकामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई बधाई दिएका छन्।
आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएकै दिन शुक्रबार एमाले केन्द्रीय सदस्य बास्कोटाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
तर अझै सर्वोच्च अदालत चुनौती हुन सक्ने औँल्याउँदै उनले अब चुनाव हुने आशा पनि व्यक्त गरेका छन्।
साथै नेता बास्कोटाले गगन र विश्वलाई कांग्रेसलाई पिपुल्स लभ्ली पार्टीमा रूपान्तरण गर्न सुझाव पनि दिएका छन्।
‘गगन-विश्वलाई बधाई छ। राजनीतिक निर्णयले कानुनी वैधता पायो तर चुनौती सर्वोच्चमा त जान्छ नै होला। र, सडक शान्त भए चुनाव हुन्छ होला’, उनले लेखेका छन्, ‘जे होस्, कंग्रेसलाई पिपुल्स लभ्ली पार्टीमा रूपान्तरित गर्नुहोला, शुभकामना!’
Shares

प्रतिक्रिया