ad ad

राजनीति


महानिरीक्षक ज्ञवालीद्वारा सातै प्रदेश प्रहरी प्रमुखलाई निर्देशनः सिमानामा कडाइ गर्नुहोस्

महानिरीक्षक ज्ञवालीद्वारा सातै प्रदेश प्रहरी प्रमुखलाई निर्देशनः सिमानामा कडाइ गर्नुहोस्

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ११:५०,

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट भिडियो कन्फ्रेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन्। 

महानिरीक्षक ज्ञवालीले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९’ को कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपंक्तिमा खटिएको प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने बताए। प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपंक्तिमा खटिएका प्रहरीका लागि पीपीई समेतको आवश्यकता अनुसार थप व्यवस्था गरिने उनले बताए।

ज्ञवालीले सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्नेतर्फ जोड दिँदै जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरुलाई निर्देशन दिए।

अन्तरक्रियाका क्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले आ–आफ्नो प्रदेशको वर्तमान वस्तुस्थिति, शान्ति सुरक्षा एवं प्रहरीका काम कारबाहीका बारेमा जानकारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .