ad ad

रोचक


लकडाउन खुलेपछि लुगा उठाउन जाँदा अन्डरप्यान्टमा चराको गुँड भेटियो!

लकडाउन खुलेपछि लुगा उठाउन जाँदा अन्डरप्यान्टमा चराको गुँड भेटियो!

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १२:४,

कोरोना भाइरस ‘कोभिड १९’ को उद्गमस्थल चीनमा गत जनवरीदेखि तीन महिना लामो लकडाउन लागू भएको थियो।

त्यसबीचमा चीनका सबै क्षेत्रहरु प्राय ठप्प हुँदा त्यहाँका सबै विद्यालयहरु बन्द भएका थिए।

होस्टलमा बसेका विद्यार्थीहरु घरमै फर्किएका थिए। त्यसकारण उनीहरुले सुकाएका लुगाहरु त्यस समयमा उठाउन पाएनन्।

गत शुक्रबार जब एक परिवार आफ्ना छोराको कोठा सार्न विद्यालयको होस्टलमा पुगे। उनीहरुले आफ्नो छोराको अन्डरवेयरमा चराले गुँड बनाएको देखे।

लकडाउन लागू हुने समयमै ती विद्यार्थीले लुगाहरु धोएका थिए।

अन्डरवेयरको गुँडमा चराले अण्डासमेत पारेको थियो। हाल यतिबेला यस घटनाको भिडियो र फोटोहरु सार्वजनिक भएको छ।

चीनसँगै विश्वभर यस विषय भाइरल बनेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .