राजनीति


भृकुटीमण्डपमा गुन्जियो नारा ‘सानेपा खाली गर्, गगन विश्व आउँदैछन्’

भृकुटीमण्डपमा गुन्जियो नारा ‘सानेपा खाली गर्, गगन विश्व आउँदैछन्’

नेपालखबर
पुस ३०, २०८२ बुधबार १७:४४, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशन भइरहेको भृकुटीमण्डपमा पार्टी मुख्यालय सानेपा खाली गर्न भन्दै नारा गुन्जिएको छ।

विशेष महाधिवेशन बोलाएका नेता गगन थापा र विश्वप्रकाश शर्मा पक्षका कार्यकर्ताले ‘सानेपा खाली गर, गगन विश्व आउँदैछन्’ भन्दै नारा जुलुस गरिरहेका छन्। 

शेरबहादुर देउवा पक्षले महामन्त्री गगन र विश्वप्रकाशलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरिसकेका छन्। पार्टीबाट निस्काशन गरेको पत्र सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा पठाइसकेका छन्।

तर गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनले यसअघिको कार्यसमिति भंग गरिसकेको जानकारी पनि आयोगमा पठाइसकेका छन्। 

यता पार्टी कार्यालयमा भने शेरबहादुर देउवा पक्षका कार्यकर्ता मंगलबार राति पार्टी कार्यालयमै सुतेका थिए। बुधबार पनि करिव डेढ सय जना कार्यकर्ता पार्टी कार्यलयमै सुत्ने तयारीमा छन्। 

अहिले दुई समूहबीच आधिकारीक कांग्रेस को हो भनेर विवाद सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad