कारोबार


निर्वाचनका लागि भारतले नेपाललाई दियो १०६ वटा महिन्द्राका गाडी

निर्वाचनका लागि भारतले नेपाललाई दियो १०६ वटा महिन्द्राका गाडी

नेपालखबर
पुस ३०, २०८२ बुधबार १७:५२, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई १०६ वटा गाडी दिएको छ।

भारतले महिन्द्रा एन्ड महिन्द्रा ब्राण्डको गाडी निर्वाचन प्रयोजनका लागि उपलब्ध गराएको भारतीय दूतावसले जानकारी दिएको छ। 

जसमा ४५ वटा स्कोर्पियो र ६१ वटा बोलेरो डबल क्याबिन पिक भ्यान रहेको छ। उक्त गाडी नेपालमा ल्याउन आवश्यक पर्ने करछुटका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ। 

‘गाडी नेपाल भित्रिन तम्तयार अवस्थामा छन्। अर्थले कर छुटको निर्णय गरेर भन्सारबाट स्वीकृत पाउनेबित्तिकै गाडी नेपाल आउँछ’, दूतावासका एक प्रतिनिधिले भने। 

सम्भवत: अर्थले प्रक्रिया टुंग्याएको २/४ दिनभित्र ती गाडी नेपाल भित्रिने उनले बताए। 

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत गाडी माग गरेको थियो। उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई गाडी उपलब्ध गराएको हो। 

यो गाडी नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्ने पनि गृहका एक अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad