राजनीति


कुलमानले भने: उज्यालो नेपाल पार्टी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको हल्ला भ्रामक

कुलमानले भने: उज्यालो नेपाल पार्टी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको हल्ला भ्रामक

नेपालखबर
पुस ३०, २०८२ बुधबार १४:७, काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको भन्ने हल्ला भ्रामक र असत्य भएको बताएका छन्। 

पूर्वमन्त्रीसमेत रहेका घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने प्रचारको खण्डन गरेका हुन्।

‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो’, उनले लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु। यस्ता निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्नु हुन सबैमा हार्दिक अनुरोध गर्दछु।’

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकता गरेका उनी १२ दिनमै बाहिरिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad