राजनीति


गगन थापाले दिए कांग्रेस सभापति पदमा उम्मेदवारी

गगन थापाले दिए कांग्रेस सभापति पदमा उम्मेदवारी

नेपालखबर
पुस ३०, २०८२ बुधबार ११:४०, काठमाडौँ

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन्। 

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। 

सभापति शेरबहादुर देउवासँग उनकै निवास महाराजगन्जमा एक घण्टा वार्ता गरेर फर्केलगत्तै महामन्त्री थापाले सभापति पदका लागि उम्मेदवारी दिएका हुन्। 

विशेष महाधिवेशन नयाँ नेतृत्व चयनमा प्रवेश गर्नै लाग्दा देउवाले सहमतिका लागि आज बिहान दुवै महामन्त्री थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवास बोलाएका थिए। 

तर महामन्त्रीद्वयको मागअनुरूप देउवा तत्काल सभापति पद छाड्न तयार नभएपछि वार्ता बिनासहमति टुंगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad