बुद्ध एयरको भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजको आपत्कालीन ढोका यात्रुले खोल्दा उडानमा ढिलाइ भएको छ।
बुद्ध एयरका अनुसार उडान नम्बर ८५२ (९एन एएमडी)को ढोका यात्रु सुमन गौतमले खोलेका हुन्।
सोही कारण उडानमा ढिलाइ हुनपुगेको थियो। उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।
हवाइ सुरक्षा मापदण्डअनुसार जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ। पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ।
‘नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार विमानको आपतकालीन ढोका विना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ’, कम्पनीले भनेको छ।
162
Shares

प्रतिक्रिया