राजनीति


विश्वप्रकाश भन्छन्: वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ

विश्वप्रकाश भन्छन्: वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ

नेपालखबर
पुस २९, २०८२ मंगलबार १९:५२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताएका छन्।

मंगलबार काठमाडौंमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरू घर फर्किन मिल्ने भएपनि आफूहरू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताए।

उनले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर गरे। 

उनले भने, ‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरू कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ। विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्‍यो। के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला। हामीले निर्वाचन आयोग पनि पुग्नुछ। हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ सबै कुरा गरिसकेको कुरालाई पुर्‍याउनुछ।’ 

शर्माले आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रुपमा आउनुपर्ने स्थिति रहने बताए। 

उनले थपे, ‘तपाईंहरू कतिपय साथीलाई लाग्नसक्छ, मैले उम्मेदवारी दर्ता गरेको छु, मैले चुनाव लडेर मज्जैको मतले जित्नसक्छु भन्ने लाग्नसक्छ। तर तपाईंहरुलाई हामीले के भन्नुपर्ने हुनसक्छ भने उम्मेदवारी दर्ता त गर्नुभयो। सर्वसम्मत रुपमा आइदिनुस् भन्नुपर्ने हुनसक्छ।’

महामन्त्री शर्माले अबको राजनीतिमा जुझारुपन लिएर जानुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad