नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। मंगलबार बोलाएको बैठक बुधबार बिहान बस्ने भएको छ।
विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधान गर्न दुवै पक्षका नेता वार्ता गरिरहेका छन्। मंगलबार दुई पटक भएको वार्तामा सहमति जुट्न सकेको छैन। फेरि पनि वार्ता जारी रहने भएकाले मंगलबारको बैठक सारिएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मंगलबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता महतले आज अनौपाचारिक रुपमा मात्रै छलफल भएको बताए। सहमतिको प्रयासका लागि आज बैठक नबसेको बताउँदै महतले भने, ‘समझदारी बन्छ भने अन्यथा निर्णय किन गर्ने भनेर आज बैठक बसेन। भोलि बिहान ८ बजे बैठक बस्छ।’
उनले पार्टीको आधिकारिक निर्णय अनुसार नै अघि बढ्नुपर्ने उनको भनाइ थियो। ‘पार्टीको आधिकारिक निर्णभन्द्या अन्यथा कोही पनि जानुहुँदैन,’ महतले भने।
उनले समझदारीको प्रयास जारी रहेको बताए। वार्ता टोलीले सहमतिका लागि प्रयास गरिरहेको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया