राजनीति


प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच माघ २ मा फेरि वार्ता हुने

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच माघ २ मा फेरि वार्ता हुने

नेपालखबर
पुस २९, २०८२ मंगलबार १५:५८, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंसँग माघ २ मा वार्ता गर्ने भएकी छन्। 

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभन्द्र खनालले मंगलबार महाअभियानका संयोजकलाई पत्र पठाएर वार्ताका लागि बोलाएका छन्।

पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू र महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंज्यूबीच द्विपक्षीय वार्ताको लागि २०८२/१०/२ गते शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा समय निर्धारण भएको ब्यहोरा जानकारीको लागि अनुरोध छ।’

यसअघि पनि प्रधानमन्त्री कार्कीले प्रसाईंसँग वार्ता गरेकी थिइन्। प्रसाईंले विभिन्न माग राखेर आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad