जसपा नेपालले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई हटाउन माग गरेको छ।
सोमबार जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले प्रेस विज्ञप्ति जारी गरी अहिरलाई हटाउन माग गरेका हुन्। ‘भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गरियोस्,’ सुमनले भनेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार मात्रै अहिरलाई मन्त्री नियुक्त गरेका थिए। उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सर्वोच्च अदालतले जसपा नेपालबाट विभाजन भएको जसपालाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ। त्यसकै आधारमा प्रवक्ता सुमनले अब सबै जसपा नेपाल अन्तर्गत रहेको जिकिर गरेका छन्।


प्रतिक्रिया