राजनीति


राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा छः लिङदेन

राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा छः लिङदेन

नेपालखबर
पुस २९, २०८२ मंगलबार १६:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताएका छन्।

मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाए।

उनले सामान्य रुपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरू एक भइरहेकाले यो असम्भव नरहेको बताए। राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको लिङदेनले बताए।

२०६२—२०६३ को राजनीतिक परिवर्तनपछि आफूहरूले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गरे। 

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा २०५१ सालको निर्वाचन बाहेक राप्रपा कहिले दुई वटा, कहिले तीन वटा गरी अनेक खण्डमा विभाजित भएर चुनावमा गयो। पहिलो पल्ट राष्ट्रिय प्रजातन्त्र पार्टी एउटै राप्रपा पार्टी मात्रै भएर चुनावमा जाँदैछ। राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको छ। २०६२—२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको छ।’

अध्यक्ष लिङदेनले आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताए। आगामी दिनमा आफू राजतन्त्र पुनःस्थापनाको लागि प्रतिवद्ध रहने उनको भनाई थियो। 

आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरी निर्वाचनमा लागन आग्रह गरे। मुलुकमा अभिभावकको भूमिकामा राजसंस्था हुुनपर्ने, संघीयता खारेज हुनुपर्ने माग राख्नेहरु एक हुनुपर्ने लिरूदेनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad