नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यसूचीमा परेको नयाँ पार्टी सभापति निर्वाचित गर्ने विषय सहभागीबाट पारित भएको छ। कांग्रेसको १४औँ महाधिवेशन २०७८ बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको भन्दै त्यसलाई बिघटन गर्ने कार्यविधि पारित गरिएको हो।
कार्यविधिमा उल्लेख भएको यो विषय विशेष महाधिवेशन प्रतिनिधिले पारित गरेपछि कार्यान्वयनमा जानेछ। आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा रहिरहन सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ।

‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गरिने' विषय पनि कार्यसूचीमा परेको छ।
'चौधौँ महाधिवेशन पश्चात नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) बमोजिम विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखासमिति सहितको बिघटन गर्ने' विषयसहितका विषय कार्यसूचीमा छन्।
महामन्त्री गगन थापा पहिलेदेखि नै पार्टी नेतृत्व परिवर्तन नभई चुनावमा नजाने अडानमा छन्। केही समयअगाडि देउवाको हस्ताक्षरबाट आफूले प्रतिनिधिसभा निर्वाचनको टिकट नलिने सार्वजनिक उद्घोष नै गरेका थिए।
कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै अहिले उनको विपक्षमा उभिएका हुन्। चार वर्षअघिको महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालासमेत अहिले संस्थापन पक्षमै रहँदा पनि ५६.१२ प्रतिशत प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको मुद्दा बोकेर विशेष महाधिवेशनमा सहभागी भएका हुन्।
मंसिर ०७८ मा भएको १४औं महाधिवेशनमा देउवा ६० प्रतिशत मतसहित सभापति निर्वाचित भएका थिए। आइतबार राति ९ बजेसम्म दर्ता भएको विवरणअनुसार २ हजार ६ सय ६२ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन्। कुल प्रतिनिधि संख्या भने ४ हजार ७ सय ४३ छ। सम्पर्कमा रहेका प्रतिनिधिसमेत गरेर ६० प्रतिशतभन्दा बढी सहभागी हुने आयोजकको दाबी छ। सोमबार बिहान ८ बजेदेखि फेरि नामदर्ता खुला नै राखिएको छ।
देउवाले विशेष महाधिवेशनबाट आउने सम्भावित परिणामबारे निकटस्थ नेताहरूसँग परामर्श गरिरहेका छन्।
पारित कार्यविधिको व्यवस्था
Shares

प्रतिक्रिया