सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज (बुधबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
बिहीबार बस्ने स्थायी समितिको बैठकका एजेन्ड तय गर्न सचिवालय बैठक बस्न लागेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए।
‘भोलि (बिहीबार) बस्ने स्थायी समितिको बैठकका एजेन्डा तय गर्न सचिवालयको बैठक बीन लागेको हो’, नेपालखबरसँग कुरा गर्दै महासचिव पौडेलले भने।
गत शनिबार बसेको सचिवालय बैठकले बिहीबार स्थायी समितिको बैठक बोलाउने र त्यसको तयारीका लागि बुधबार सचिवालय बैठक बस्ने निर्णय गरेको थियो।

प्रतिक्रिया