राजनीति


लकडाउन थप्ने निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु, कम्तीमा १ हप्ता थपिने सम्भावना

लकडाउन थप्ने निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु, कम्तीमा १ हप्ता थपिने सम्भावना

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ५:४८,

लकडाउन थप्नेबारे निर्णय गर्न बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

बैठक बुधबार बिहान ११ बजेपछि सुरु भएको हो। कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार सरकारले लकडाउन थप्ने निर्णय गर्न लागेकाे हाे। 

कम्तीमा लकडाउन १ हप्ता थप्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन्।

गत चैत ११ बाट लागू लकडाउनको पछिल्लोपटक थपिएको अवधि वैशाख २५ गते अर्थात् भोलि (बिहीबार) सकिँदै छ।

लकडाउन सुरु भएयता दिनदिनैजसो संक्रमित फेला पर्ने क्रम नरोकिएपछि सरकारले लकडाउन लम्ब्याइरहेको छ।

मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाबाट ८२ जना संक्रमित भइसकेका छन्। तर तीमध्ये आजै मात्र ६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसअघि निको भएका १६ जनामध्ये तीन जनालाई भने फेरि कोरोना संक्रमण देखिएकाले फेरि अस्पताल भर्ना गरिएकाे छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad