समाज


पाटन अस्पतालले भन्यो : सनसिटीका तीनै जना फलोअपका लागि आउनुभएको हो, स्वाब परीक्षण भइरहेको छ

पाटन अस्पतालले भन्यो : सनसिटीका तीनै जना फलोअपका लागि आउनुभएको हो, स्वाब परीक्षण भइरहेको छ

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ६:२३,

पाटन अस्पतालले काठमाडौँको पेप्सीकोलास्थित सनसिटीमा अपार्टमेन्टका तीन जना पुनः परीक्षणका लागि अस्पताल आएको बताएको छ।

अस्पतालका डा. विष्णुप्रसाद शर्माले पुनः परीक्षणका लागि उनीहरु अस्पताल आएको बताए। निको भएका व्यक्तिको पनि प्रोटोकलअनुसार पुनः परीक्षण गर्नुपर्ने भएका कारण उनीहरु अस्पताल आएको र उनीहरुमा पुनः संक्रमण भएको भन्ने कुरा सत्य नभएको उनकाे भनाइ थियो।

'उहाँहरु प्रोटोकलअनुसार पुनः परीक्षण गर्न आउनुभएको हो’, डा. शर्माले नेपालखबरसँग भने, ‘उहाँहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका छौँ।’

उनले उपचारपछि निको भएर गएकाहरुको पनि निश्चित समयमा पुनः परीक्षण गर्नुपर्ने भएका कारण उनीहरु अस्पताल आएको स्वाब परीक्षणको नतिजा नआइसकेको बताए।

गत चैत ५ गते बेलायतबाट आएका उनीहरुको वैशाख १ गते परीक्षणमा ८१ वर्षीया आमा र ५८ वर्षीय छोराको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो।

उनीहरु उपचारपछि निको भएर वैशाख ११ गते घर फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad