राजनीति


सभापति र महामन्त्रीहरूसँग कुराकानी गरिरहेको बताउँदै शेखर कोइरालाले भने- ढुक्क हुनुहोस्, पार्टी फुट्दैन

सभापति र महामन्त्रीहरूसँग कुराकानी गरिरहेको बताउँदै शेखर कोइरालाले भने- ढुक्क हुनुहोस्, पार्टी फुट्दैन

नेपालखबर
पुस २८, २०८२ सोमबार १३:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्तासँग छलफल गरेका छन।

छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए। पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको उनले जानकारी दिए।

पार्टीभित्रको एकता कायम गर्ने प्रयासमा जुटिरहेको उनको भनाइ थियो। ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु,’ कोइरालाले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन। तपाईंहरू पनि त्यसैमा लाग्नुस्। निरास हुने कामै छैन।’

छलफलमा कानुन व्यवसायीले कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको बताए। अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने कानुन व्यवसायीको भनाइ थियो। 

छलफलमा कांग्रेस उपसभापति धनराज गुरुङ, सहायक महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, बरिष्ठ अधिबक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad