नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको हलमा उपस्थित हुन आग्रह गरेका छन्।
विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता शर्माले देशभरबाट आएको भिडले सभापति र केन्द्रीय कमिटीलाई गिज्याइरहेको जिकिर गरे। उद्घाटन समारोहमा उपस्थित महाधिवेशन प्रतिनिधिलाई देखाउँदै भने, ‘सभापतिज्यू, तपाईंलाई देशभरबाट आएका यी अनुहारले गिज्याइरहेको छ।’
अझै पनि केही नबिग्रेको उल्लेख गर्दै विशेष महाधिवेशनको बन्दसत्रमा उपस्थित हुन आग्रह गरे। पार्टी नफुट्ने गरी अनेक विकल्पमा छलफल गर्न सकिने उनको भनाइ थियो।
162
Shares

प्रतिक्रिया