ललितपुरको सुन्धारामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीका २५ वर्षीय विजय राई छन्।
शनिबार राति आगो ताप्ने विषयमा सुन्धारामा अर्को समूहसँग उनको सामान्य झगडा भएको थियो। दुवै समूहका युवाहरुले रक्सी खाएका थिए।
प्रहरीले उनीहरूलाई छुट्याएर आ–आफ्नो घर पठाइदिएको थियो। तर आइतबार बिहान सुतेकै स्थानमा राई मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए।
बोगटीका अनुसार प्रहरीले अघिल्लो दिन विवादमा परेका एक युवकलाई प्रहरीलाई पक्राउ गरेको छ।
शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको पनि एसएसपी बोगटीले बताए।
258
Shares

प्रतिक्रिया