राजनीति


चुनाव रुकुमबाट उठ्ने कि कालीकोट भन्ने प्रश्नमा प्रचण्ड- भोलिसम्म टुंगो लाग्छ

चुनाव रुकुमबाट उठ्ने कि कालीकोट भन्ने प्रश्नमा प्रचण्ड- भोलिसम्म टुंगो लाग्छ

नेपालखबर
पुस २४, २०८२ बिहिबार १७:५९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा चुनाव कहाँबाट लड्ने भन्ने अझै टुंगो लागी नसकेको बताएका छन्। 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रममा सहभागी भएर फकिर्ने क्रममा पत्रकारहरुले उनलाई सोधेका थिए-रुकुमबाठ उठ्नुहुन्छ कि कालीकोटबाट?

जवाफमा प्रचण्डले भने- टुंगो लागेको छैन। भोलिसम्म टुंगो लाग्छ।

चुनाव नजिकिँदै जाँदा प्रचण्ड सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा छन्। हालसम्म उनको नाम ९ जिल्लाबाट सिफारिस भएको छ।

प्रचण्डको नाम कालीकोट, नुवाकोट-१, सिन्धुली-२, रामेछाप, महोत्तरी-४, गोरखा-१, रोल्पा, रुकुम पूर्व र कैलाली-३ बाट सिफारिस भएको छ।

प्रचण्ड अघिल्लो चुनावमा गोरखा-२ बाट उठेका थिए। उनले हरेकजसो निर्वाचनमा क्षेत्र परिवर्तन गर्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad