राजनीति


जेन-जीलाई भड्काएर हिंसा सिर्जना गर्नेहरू पनि निर्वाचनको पक्षमा आएः गृहमन्त्री अर्याल

जेन-जीलाई भड्काएर हिंसा सिर्जना गर्नेहरू पनि निर्वाचनको पक्षमा आएः गृहमन्त्री अर्याल

नेपालखबर
पुस २४, २०८२ बिहिबार १५:१०, काठमाडौँ

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था हट्दा देशको जीवनमा ठूलो समस्या आउने बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा नभएको बताए। राष्ट्रको जीवन, लोकतान्त्रिक व्यवस्था र संविधान अन्योन्याश्रित रहेको बताए।

गत भदौ २३ र २४ को जेन–जी प्रदर्शनपछि विस्तारै स्थिति सुदृढिकरण भइरहेको बताए। आफू दण्डहिनताको पक्षमा नरहेको बताउँदै गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउने बताए।

अन्तरिम सरकारले निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि स्थितिको सामान्यीकरण हुने बताए। जेन–जीको सम्झौतामा लेखिएको कुरा नै सही रोडम्याप भएकाले बाहिरबाट संविधान फाल्ने कुरा हुन नसक्ने बताए।

आफू कुनै सत्ताको मोहले सरकारमा नगएको जिकिर गर्दै आवश्यक परे मर्नुपर्ने पहिलो व्यक्ति हुनका लागि जोखिम लिएर सरकारमा आएको जिकिर गरे। 

उनले भने, ‘स्थिति सुदृढिकरण हुँदै गएको छ। मनोबल सुदृढ हुँदै गएको छ। २३ र २४ गतेको घटना भन्दा अघिको मनोबलसँग तुलना गरेर त हुँदैन, त्यहाँबाट यहाँसम्म आएको स्थितिमा पनि ठिकै भयो होला भन्नुस् न। बंगलादेशको हालत के हुँदैछ? त्यस्तो त हामीले हुन दिएनौँ नि। साँच्चिकै प्रतिशोध लिएर हिरोजम देखाएको भए परिस्थिति अर्कौ हुन्थ्यो।’

उनले थपे, ‘म दण्डहिनताको पक्षमा छैन। गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउँछन्। संविधानको व्यवस्थालाई पनि बहाली गर्नको लागि अहिले चुनाव अपरिहार्य हो। यो व्यवस्था, संविधान जाँदा देशको भविष्यमा ठूलो धक्का पर्दछ। यो कुरा ख्याल गरौँ। व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा होइन। राष्ट्रको जीवन र यो लोकतान्त्रिक व्यवस्था, यो संविधान अन्योन्याश्रित छ।’

मन्त्री अर्यालले देश नै कालोसूचिमा रहने गरी कुनै अराजकता हुन नदिने बताए। 

चुनावबाट भाग्ने अवस्था छैन
गृहमन्त्री अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताए। उनले जेन–जीहरुलाई भड्काएर हिंसा सिर्जना गर्नेहरु पनि विस्तारै निर्वाचनको पक्षमा आएको बताए।

उनले दण्डहिनता गृह मन्त्रालयले सहन नसक्ने बताए। उनले मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न सरकारले नदिने जिकिर गरे।

निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुने पनि बताए। मन्त्री अर्यालले निर्वाचन नै एकमात्र र सही विकल्प भएको बताए।

गृहमन्त्री अर्यालले भने, ‘जेनजी पुस्ताले अहिले निहुँ खोजेको देख्दिन मैले। कतिपयले ताली बजाउन, हिंसा भड्काउन, कता कता हिँड्न प्रोत्साहन दिनुभयो। ति तत्वहरू अहिले छन् र? छैनन् नि। हो त्यो काम गृहमन्त्रालयले गरेको काम हो। दण्डहिनता गृह मन्त्रालयले रहन दिँदैन। जेनजीकै नाममा कोही जान्छ भने, हिंसा भड्काउन लाग्छ भने त्यो हुन दिँदैन। निर्वाचनकै सुरक्षाको लागि गरेको हो।

आन्दोलनका क्रममा लुटिएका केही हतियारहरु बाहिर रहेको तर निर्वाचन नै रोकिने गरीकन हतियार बाहिर नरहेको बताए।

वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समर्थन रहेको बताउँदै कुनैपनि हिसाबले अहिलेको सरकार निर्वाचन गराउन सक्षम रहेको गृहमन्त्री अर्यालको भनाई थियो।

उनले भने, ‘मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न पाइँदैन। साइबरको मुद्दा लाग्छ अहिले। दण्डहिनता हामीले स्वीकार गर्दैनौँ। केही मानक हामीले बनाइसकेका छौँ। निर्वाचनको सुरक्षाको लागि आफ्नो तयारी हुनुपर्छ। सुरक्षा सरकारको कर्तव्य हो, स्टेक होल्डरको पनि कर्तव्य हो। सुरक्षामा कुनै कमजोरी छैन। बाहिर अफवाह विभिन्न फैलिएका छन्। तर त्यो अन्तिम सत्य होइन। निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुन्छ।’

मन्त्री अर्यालले आफ्नो पहिलो प्राथमिकता देश र मानवता जोगाउनु रहेको बताए। आफू सही रहेको र नागरिकसँगै रहेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad