कारोबार


टीसीएलको विश्वकपमा वानखेडे स्टेडियममा नेपाल खेल हेर्ने विजेता सार्वजनिक

टीसीएलको विश्वकपमा वानखेडे स्टेडियममा नेपाल खेल हेर्ने विजेता सार्वजनिक

नेपालखबर
पुस २४, २०८२ बिहिबार १५:१२, काठमाडौँ

टीसीएल नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी२० विश्वकपअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको उत्साहसँग जोड्ने उद्देश्यले टीसीएल नेपालले देशभर लागू गरेको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पहिलो चरणका विजेता धनगढी निवासी पुस्कर अवस्थी हुन्। उनले टीसीएलको आधिकारिक बिक्रेता सुभेक्षा ट्रेड एण्ड सप्लायर्सबाट टीसीएल एयर कन्डिसनर (एसी) खरिद गरी क्याम्पेनमा सहभागिता जनाएका थिए।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

टीसीएल नेपालले यस क्याम्पेनमार्फत आफ्ना उपभोक्तालाई केवल इलेक्ट्रोनिक उत्पादन मात्र नभई विश्वस्तरीय क्रिकेट अनुभव र अविस्मरणीय यात्रा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार मुम्बईमै आयोजना हुने नेपाल टोलीका खेलहरूले नेपाली क्रिकेटप्रेमीका लागि यो अवसर अझै विशेष बनाएको छ।

क्याम्पेनमा सहभागी हुन टीसीएल का कुनै पनि आधिकारिक उत्पादन खरिद गरी एसएमएसमार्फत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सीमित अवधिका लागि लागू गरिएको यस योजनामा अझै पनि विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट टीसीएल का उत्पादन खरिद गरी समयमै सहभागिता जनाउन आग्रह गरेको छ।

टीसीएल नेपालले उपभोक्तालाई सकेसम्म छिटो टीसीएल का उत्पादन खरिद गरी सहभागिता जनाउन आग्रह गरेको छ, किनकि जति चाँडो सहभागिता जनाइन्छ, त्यति नै छिटो तथा बढी T20 विश्वकप अन्तर्गत ५ दिन ४ रातको मुम्बई यात्रा र खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त हुने सम्भावना बढ्ने कम्पनीको भनाइ छ।

टीसीएल नेपालका अनुसार यो क्याम्पेनले ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद अनुभवसँग जोड्ने विश्वास लिइएको छ। यस योजनामा कम्पनीका सर्त तथा नियमहरू लागू हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad