राजनीति


कार्यसम्पादनको बैठकअघि देउवा निवासमा शीर्ष नेताको छलफल

कार्यसम्पादनको बैठकअघि देउवा निवासमा शीर्ष नेताको छलफल

नेपालखबर
पुस २४, २०८२ बिहिबार १४:४३, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन्। 

आज अपरान्ह ४ बजे बस्ने बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले आफू निकट शीर्ष नेतासँग छलफल थालेका हुन्। एक नेताले भने, ‘पार्टीमा अवस्था राम्रो देखिएको छैन। हामी सभापतिजीको निवासमा छलफलमा छौं। पार्टीमा देखिएको विवादबारे केन्द्रीय कार्यसम्पादन समितिबाट कुनै न कुनै निर्णय लिनुपर्ने हुनसक्छ।’ 

पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कदमबारे गम्भीर समीक्ष हुने ती नेताको भनाइ छ।

‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको तिथि मिति तोकिसकेपछि विशेष महाधिवेशनको रडाको मच्याउने काम राम्रो भएन भन्ने सभापतिजीको कुरा छ। महामन्त्रीहरु हामी नै केन्द्रीय समिति हो, हामी नै विधान हो भन्ने दिशामा अगाडि बढ्नुभयो,’ ती नेताले भने। 

महामन्त्रीद्वय थापा र शर्माले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डमा विशेष महाधिवेशनको आह्वान गरेका छन्।

विशेष महाधिवेशनका लागि जिल्ला-जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौँआउन थालिसकेका छन्। यता संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा पुस २७ युवा भेला र २८ गते जिल्ला सभापतिको भेला बोलाउने तयारी गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad