ad ad

राजनीति


प्रचण्ड र नेपालसँगको छलफलपछि, प्रधानमन्त्रीद्वारा खनालसँग भेटघाट

प्रचण्ड र नेपालसँगको छलफलपछि, प्रधानमन्त्रीद्वारा खनालसँग भेटघाट

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ८:२२,

पार्टीको सचिवालय र स्थायी समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अन्य शीर्ष नेताहरुसँग परामर्श तीब्र पारेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार बिहान भेट गरेका प्रधानमन्त्री ओलीले अर्का वरिष्ठ नेता झलनाथ खनालसँग बालुवाटारमा छलफल गरिरहेका छन्।

मंगबार दिउँसो १ बजेदेखि ओली र खनालबीच एक्ला एक्लै वार्ता भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

नेकपाको बुधबार सचिवालय र बिहीबार स्थायी समिति बैठक तोकिएको छ।

स्थायी समितिको बैठक र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न दुई नेताबीचको बैठक तय भएको स्रोतले जनाएको छ।

‘स्थायी समितिको बैठक र राष्ट्रिय राजनीतिको बारेमा छलफल गरौं भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँहरु अहिले एक्लाएक्लै वार्तामा हुनुहुन्छ।’

प्रधानमन्त्री ओलीले मंगलबार बिहान अध्यक्ष प्रचण्ड र नेपालसँग वार्ता गरेका थिए।

स्थायी समितिको बैठकको लागि प्रतिवेदन लेखनको जिम्मेवारी प्रचण्डले पाएका छन्। सोमबार दिउँसो पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .