राजनीति


बालेनले पाए महामन्त्रीसहित २७ केन्द्रीय सदस्य, निर्णय गर्दै रास्वपा

बालेनले पाए महामन्त्रीसहित २७ केन्द्रीय सदस्य, निर्णय गर्दै रास्वपा

नेपालखबर
पुस २०, २०८२ आइतबार १९:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को समूहले महामन्त्रीसहित २७ केन्द्रीय सदस्य पाउने भएको छ। यसबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति बैठक बसिरहेको छ। 

दुवै पक्षबीच भएको आइतबार भएको छलफलमा बालेन पक्षलाई महामन्त्री दिने सहमति भएको एक पदाधिकारीले बताए। ‘बालेनको तर्फबाट महामन्त्रीमा सुनिल लम्साल, सहमहामन्त्रीमा भुपदेव शाह र सहप्रवक्तामा सस्मित पोखरेलको नाम आएको छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘सायद यहि नाममै निर्णय हुन्छ।’

महामन्त्रीमा प्रस्तावित लम्साल बालेनको सल्लाहकारका टिमको सदस्य हुन्। त्यस्तै, सहमहामन्त्रीमा प्रस्तावित शाह बालेनका स्वकीय सचिव हुन्। 

आइतबार दिउँसो बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विवेकशील साझाबाट आएका नेतलाई समायोजन गरेको थियो। अब बस्ने बैठकले बालेनको समूहबाट आएका नेतालाई समायोजन गर्ने जनाइएको छ। 

यसै विषयमा सहमति गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै छ। प्रवक्ता मनिष झाका अनुसार, सवा ७ बजे सुरु हुने बैठकले पार्टी समायोजन, विस्तार एवं सुदृढिकरणबारे निर्णय गर्नेछ। 

यो पनि पढ्नुहोस् : विवेकशील साझाबाट गएका ७ नेता रास्वपाको केन्द्रीय सदस्य मनोनित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad