नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आम निर्वाचन र नियमित महाधिवेशनको तयारीबारे आन्तरिक छलफल गरेका छन्।
आइतबार दिउँसो आफ्नो निवास महाराजगञ्जमा आफू निकट शीर्ष नेतासँग उनले आसन्न फागुन २१ को चुनाव र १५ औं महाधिवेशनको तयारीबारे छलफल गरेको केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपालखबरलाई बताए।
‘हामीले केन्द्रीय कार्यसम्पादन समितिबाट २०८३ वैशाख २९-३० मा महाधिवेशन गर्ने गरी कार्यतालिका पारित भएको सभापतिज्यूलाई जानकारी गरायौं,’ उनले भने, ‘आजको छलफल आम निर्वाचन र नियमित महाधिवेशनको तयारीमा केन्द्रित थियो।’
साथै रमाघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनबारे नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका राजनीतिक दलसँग संवाद अगाडि बढाउने विषयमा पनि छलफल भएको खाणको भनाइ छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनबारे छलफलमा सामान्य छलफल भएको उनले बताए।
Shares

प्रतिक्रिया